ताप्लेजुङ । नेपाल प्रेस युनियन ताप्लेजुङको छैटौँ जिल्ला अधिवेशनले कृष्ण फुरुम्बो लिम्बूको अध्यक्षतामा नयाँ जिल्ला कार्यसमिति सर्वसम्मत चयन गरेको छ।
अधिवेशनबाट उपाध्यक्षमा तरुण भारती र रञ्जना गुरुङ, सचिवमा विक्रम लामगादे, सहसचिवमा किरण भट्टराई र कोषाध्यक्षमा सौगात विष्ट चयन भएका छन्।
त्यस्तै, अधिवेशनले नेपाल प्रेस युनियनको केन्द्रीय महाधिवेशन प्रतिनिधिका रूपमा ६ जना चयन गरेको छ। प्रतिनिधिमा आनन्द गौतम, देवराज गुरुङ, माला पालुङ्वा, सन्तोष पुर्कुटी, ताराप्रसाद सिटौला र धर्मप्रसाद पौडेल चयन भएका हुन्।
अधिवेशनको उद्घाटन सत्रमा नेपाली कांग्रेस ताप्लेजुङका सभापति गजेन्द्र तुम्याहाङ, कोशी प्रदेशसभा सदस्य खगेनसिं हाङगाम, फुङलिङ नगरपालिकाका प्रमुख अमिर मादेन, मिक्वाखोला गाउँपालिकाका अध्यक्ष भक्तबहादुर कार्की लगायतले शुभकामना व्यक्त गरेका थिए।
त्यसैगरी प्रेस युनियन केन्द्रीय सदस्य तथा नेपाल पत्रकार महासंघ पाँचथरका अध्यक्ष भीम बाँस्कोटा, नेपाल पत्रकार महासंघका केन्द्रीय सदस्य माला पालुङ्वा, नेपाल पत्रकार महासंघ ताप्लेजुङका अध्यक्ष सुवास आचार्य, प्रेस चौतारी नेपाल ताप्लेजुङका अध्यक्ष बसन्त लिम्बू तथा प्रेस युनियनका पूर्वसभापति धर्म पौडेल लगायतले पनि अधिवेशन सफलताको शुभकामना दिएका थिए।
अधिवेशनले नयाँ नेतृत्व चयन गर्दै जिल्लामा पत्रकारिता क्षेत्रको व्यावसायिकता, प्रेस स्वतन्त्रता र पत्रकारको हकहितका विषयमा थप सक्रिय भएर अघि बढ्ने अपेक्षा गरिएको छ।