Skip to main content

Epathivara Network

राष्ट्रपति पौडेलले आज साढे ३ बजे राष्ट्रका नाममा सम्बोधन गर्ने



काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले आज दिउँसो साढे ३ बजे राष्ट्रका नाममा सम्बोधन गर्ने भएका छन्।

राष्ट्रपतिका प्रेस सल्लाहकार किरण पोखरेलका अनुसार राष्ट्रपति पौडेलले रसुवा र नुवाकोटका बाढी प्रभावित क्षेत्रको स्थलगत अवलोकनपछि राष्ट्रका नाममा सम्बोधन गर्न लागेका हुन्। उनले नेपाल टेलिभिजनमार्फत सम्बोधन गर्ने कार्यक्रम रहेको जनाइएको छ।

राष्ट्रपति पौडेलले आजै बाढी तथा पहिरो प्रभावित क्षेत्रको स्थलगत निरीक्षण गरेका थिए। निरीक्षणका क्रममा उनले बाढीपहिरोबाट भएको क्षति, उद्धार तथा राहतको अवस्था र मानवीय संकटबारे नेपाली सेना तथा सम्बन्धित अधिकारीहरूबाट जानकारी लिएका थिए।

भदौ १० गते आएको बाढीपहिरोका कारण रसुवा, नुवाकोट र धादिङमा ठूलो जनधनको क्षति भएको थियो। प्राकृतिक विपद्का कारण प्रभावित क्षेत्रमा उद्धार तथा खोजी कार्य जारी रहेको जनाइएको छ।

उक्त विपद्मा हालसम्म १ हजार ३ सय ५५ जनाको मृत्यु भएको र ४ हजार ९ सय ९६ जना अझै बेपत्ता रहेको विवरणमा उल्लेख छ। जलविद्युत् आयोजनाहरूमा कार्यरत तथा प्रभावित क्षेत्रमा रहेका केही व्यक्तिहरू समेत अझै सम्पर्कविहीन रहेको जनाइएको छ।

राष्ट्रपति पौडेलको सम्बोधनमा बाढीपहिरोबाट भएको क्षति, प्रभावित नागरिकको अवस्था, उद्धार तथा राहतलगायत समसामयिक विषयमा धारणा आउने अपेक्षा गरिएको छ।

सम्बन्धित समाचार

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.