Skip to main content

Epathivara Network

के तपाईंलाई थाहा छ सामसङले बनाएको हो आईफोन डुओको डिस्प्ले, एउटा स्क्रिनकै मूल्य २५० डलर



काठमाडौं । एप्पलको पहिलो फोल्डेबल स्मार्टफोन आईफोन डुओ यसको अनोठो नानो-टेक्स्चर (nano-texture) डिस्प्लेका कारण बजारमा निकै चर्चामा छ । तर के तपाईंलाई थाहा छ, यो फोल्डेबल प्यानल प्रतिस्पर्धी कम्पनी सामसङले निर्माण गरिरहेको छ र यो नै आईफोन डुओको सबैभन्दा महँगो पार्टपुर्जामध्ये एक हो ।

चिनियाँ सामाजिक सञ्जाल वेइबोका चर्चित लिकर ‘सेटसुना डिजिटल’का अनुसार, एप्पलले आईफोन डुओ तथा भविष्यमा आउने अन्य फोल्डेबल आईफोनका लागि सामसङ डिस्प्लेसँग तीन वर्षको एक्सक्लुसिभ आपूर्ति सम्झौता गरेको छ ।

सामसङले विगत लामो समयदेखि नै एप्पलका लागि ओएलईडी प्यानल आपूर्ति गर्दै आएको छ । तर दक्षिण कोरियाली प्रविधि कम्पनी सामसङले आफ्नो मुख्य फोल्डेबल स्मार्टफोन ग्यालेक्सी जेड फोल्ड ८ को सबैभन्दा ठुलो प्रतिस्पर्धीलाई नै आफ्नो सबैभन्दा उत्कृष्ट डिस्प्ले उपलब्ध गराउनु आफैमा अर्थपूर्ण हो ।

सामसङको अत्याधुनिक एम-१६ ओएलईडी प्रविधि प्रयोग गर्ने पहिलो फोन

आईफोन डुओ सामसङको नयाँ एम-१६ ओएलईडी डिस्प्ले प्रविधि प्रयोग गर्ने विश्वकै पहिलो स्मार्टफोन बनेको छ। एम-१६ सामसङको अहिलेसम्मकै अत्याधुनिक र उत्कृष्ट ओलेड म्याटेरियल हो । यसले अघिल्लो जेनेरेसनका प्यानलहरूको तुलनामा पिक ब्राइटनेस, कलर एक्युरेसी र पावर एफिसेन्सीमा उल्लेख्य सुधार ल्याएको छ ।

एम-१६ प्रविधियुक्त यो डिस्प्लेले अधिकतम ३,५०० निट्ससम्मको पिक ब्राइटनेस दिन सक्ने क्षमता राख्छ । यद्यपि, एप्पलले आईफोन डुओको अधिकतम ब्राइटनेस ३,००० निट्स रहने उल्लेख गरेको छ । ब्राइटनेसको यो भिन्नता एप्पलको कन्जरभेटिभ सफ्टवेयर सेटिङ वा डिस्प्लेमा प्रयोग गरिएको नानो-टेक्स्चर कोटिङका कारण हुनसक्ने अनुमान गरिएको छ । यसका साथै, एम-१६ म्याटेरियल बढी पावर एफिसेन्ट हुनुका साथै कम उज्यालोमा डिस्प्ले फ्लिकर कम गर्न सफल छ ।

आईफोन डुओका मुख्य कम्पोनेन्ट र पार्टपुर्जाको लागत

सामसङको यो अत्याधुनिक फोल्डेबल डिस्प्ले एप्पलका लागि निकै खर्चिलो साबित भएको छ । प्राप्त जानकारी अनुसार एप्पलले आईफोन डुओको प्रति प्यानलका लागि सामसङलाई करिब २५० अमेरिकी डलर तिर्नेछ । जसले गर्दा यो डिभाइसको सबैभन्दा महँगो पार्टपुर्जा बनेको छ ।

फोनका अन्य मुख्य कम्पोनेन्टहरूको अनुमानित लागतमा ए-२० चिपसेट करिब २८० अमेरिकी डलर, फोनको बाहिरी फ्रेम र हिञ्जको लागत करिब १६० डलर, कभर डिस्प्ले करिब ८० डलर, क्यामेरा मोड्युल करिब ८० डलर र ब्याट्री १० डलरभन्दा कम रहेको छ ।

मेमोरीको मूल्यमा ४०० प्रतिशतको भारी वृद्धि

बजार विश्लेषक संस्था नेमोका अनुसार, आईफोन १८ र आईफोन डुओका लागि आवश्यक पर्ने मेमोरी चिपको मूल्यमा ४०० प्रतिशतको भारी वृद्धि भएको छ । पहिले २५६ जीबी स्टोरेज चिपको मूल्य करिब २० डलर पर्ने गरेकोमा अहिले बढेर करिब १०० डलर पुगेको छ । त्यसैगरी १२ जीबी र्‍याम मोड्युलको ओईएम मूल्य पनि बढेर करिब ५० डलर पुगेको छ ।

यी सबै कम्पोनेन्टहरूको मूल्य जोड्दा, आईफोन डुओको बेस भेरियन्टको कूल कम्पोनेन्ट लागत करिब ७६० अमेरिकी डलर पुग्छ । यो ७६० डलरको पार्टपुर्जा लागतमा फोनको एसेम्ब्ली, सफ्टवेयर डेभलपमेन्ट, ढुवानी र रिटेल सञ्चालन खर्च समावेश छैन ।

दाँजेर हेर्दा, अघिल्लो वर्षको आईफोन १७ प्रो म्याक्सको कूल कम्पोनेन्ट लागत करिब ४०८ डलर अनुमान गरिएको थियो । यस हिसाबले आईफोन डुओ बजार बिक्री मूल्यका आधारमा मात्र नभई पार्टपुर्जा र निर्माण लागतका हिसाबले पनि एप्पलले अहिलेसम्म बनाएको सबैभन्दा महँगो आईफोन बनेको छ ।-Techpana

सम्बन्धित समाचार

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.